Rule 14
प्रस्ताव मूल्यांकन गर्नु पर्ने

(१) नियम १३ बमोजिम प्रस्ताव प्राप्त भएपछि सचिवालयले त्यस्तो प्रस्तावको मूल्यांकनको लागि प्रस्तावसँग संलग्न कागजात क्षेत्रगत कार्य समूहमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव प्राप्त भएपछि क्षेत्रगत कार्य समूहले सो प्रस्तावसँग सम्बन्धित आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक, लैङ्किक पक्ष तथा वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी विषय विस्तृत अध्ययन गरी राय सहित प्राविधिक समिति समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम गरिएको मूल्यांकनबाट त्यस्तो अयोजना कार्यान्वयन गर्न उपयुक्त देखिएमा प्राविधिक समितिले दश करोड रुपैयाँसम्मको आयोजना भए आफैले स्वीकृत गर्नेछ र सोभन्दा बढीको आयोजनाको हकमा स्वीकृतिको लागि समिति समक्ष
सिफारिस गर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त प्राविधिक समितिको सिफारिस जाँचबुझ गर्दा आयोजना संचालन गर्न उपयुक्त देखिएमा समितिले त्यस्तो आयोजना सञ्चालन गर्न स्वीकृति दिनेछ ।